अमेरिका र युक्रेनबीच साउदी अरेबियामा अर्को हप्ता वार्ता

Image
maya metro

साउदी अरेबियाले आगामी हप्ता युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलबीच पश्चिमी बन्दरगाह शहर जेद्दाहमा बैठक हुने पुष्टि गरेको छ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोष्ट गरिएको एक विज्ञप्तिमा साउदी विदेश मन्त्रालयले आगामी बैठकको मिति र विषयवस्तु निर्दिष्ट नगरी युक्रेनी संकट अन्त्य गर्न तथा दिगो शान्ति प्राप्त गर्न राज्यको निरन्तर प्रयास उल्लेख गरेको छ।

nisarga

यसअघि शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै किभमा रहेको युएनएन समाचार एजेन्सीले युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलले अर्को हप्ता साउदी अरेबियामा शान्ति वार्ताका लागि भेट्ने अपेक्षा गरेको बताएको थियो।

‘सोमबार, म युवराज (मोहम्मद बिन सलमान) सँग भेट्न साउदी अरेबियाको यात्रा गर्नेछु । त्यसपछि, मेरो टोली हाम्रा अमेरिकी साझेदारहरूसँग वार्ता गर्न साउदी अरेबियामा रहनेछ’, जेलेन्स्कीले बताए।