नगर प्रमुख भट्टद्वारा नगर स्तरीय परीक्षा केन्द्रहरूको अनुगमन

Image
maya metro

अत्तरिया – गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले अत्तरिया क्षेत्रका विभिन्न नगर स्तरीय परीक्षा केन्द्रहरूको अनुगमन गरेका छन्।

उनले दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय, घन्टेश्वर मावि अत्तरिया, सिद्धबाबा मावि गेटी  लगायतका विद्यालयमा पुगेर परीक्षा व्यवस्थापनको अवस्थाबारे जानकारी लिएका हुन् ।

nisarga

नगरपालिकाका कक्षा ५ र कक्षा ८ का विद्यार्थीहरूका लागि फागुन २७ गतेदेखि सुरु भएको बोर्ड परीक्षा चैत्र ६ गतेसम्म सञ्चालन हुनेछ। यस परीक्षाका लागि नगरपालिकाले १३ परीक्षा केन्द्र तोकेको छ। कक्षा ८ को परीक्षामा नगरका ५९ विद्यालयका ३,२३१ विद्यार्थी सहभागी भएका छन्।

कक्षा ५ को परीक्षामा पनि उल्लेख्य संख्यामा विद्यार्थीहरू सहभागी भएको नगर शिक्षा शाखाले जनाएको छ।

नगर प्रमुख भट्टका अनुसार परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न अभिभावक, विद्यालय प्रशासन र सुरक्षाकर्मीबीच समन्वय गरिएको छ।

परीक्षाको मर्यादा कायम राख्नका लागि विशेष अनुगमन टोली खटाइएको छ। नगर शिक्षा शाखाले विद्यार्थीहरूलाई तनावमुक्त भएर आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गर्दै परीक्षाको सम्पूर्ण प्रक्रिया पारदर्शी बनाइने प्रतिबद्धता जनाएको छ।

“नगरपालिकाले परीक्षा व्यवस्थित, मर्यादित, र पारदर्शी बनाउन विशेष ध्यान दिएको छ। विद्यार्थीहरूलाई कुनै असुविधा हुन नदिन विद्यालय प्रशासन, अभिभावक र सुरक्षाकर्मीबीच समन्वय गरिएको छ,” नगर प्रमुख भट्टले भने।

उनले विद्यार्थीहरूलाई तनावमुक्त भई परीक्षामा सहभागी हुन आग्रह गरेका छन् ।