बिक्री भयो ट्विटरको आइकनिक ‘निली चरी’, मूल्य कति ?

Image
maya metro

काठमाडौं – ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ।

ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो।

nisarga

मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा रहेको यो आइकनिक लोगो लिलामीमा राखियो।

करिब २५४ किलो तौलको र १२ फिट लामो तथा ९ फिट चौडाइ रहेको यो लोगोको खरिदकर्ताबारे भने जानकारी खुलाइएको छैन।

अरु वस्तु पनि लिलामी

उक्त लिलामीमा अन्य ऐतिहासिक वस्तुहरू पनि बिक्री भएका थिए। उदाहरणका लागि, एप्पल-१ कम्प्युटर ३.७५ लाख अमेरिकी डलरमा बिक्री भएको छ भने स्टीभ जब्सद्वारा हस्ताक्षरित एप्पलको एउटा चेक १,१२,०५४ अमेरिकी डलरमा बिक्री गरिएको छ ।

सन् २०२२ मा इलोन मस्कले माइक्रोब्लगिङ वेबसाइट ट्विटरलाई ४४ बिलियन अमेरिकी डलरमा खरिद गरेका थिए। टेकओभरको घोषणा गर्दा मस्कले लोकतन्त्रलाई सुचारु रूपमा चलाउन अभिव्यक्ति स्वतन्त्रता अत्यावश्यक रहेको बताएका थिए।

उनले ट्विटरलाई नयाँ सुविधाहरू र सुधारसहित अहिलेसम्मकै उत्कृष्ट भर्चुअल स्पेस बनाउने योजना पनि सार्वजनिक गरेका थिए ।