
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
सोमबार आज गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले नवनिर्मित १२ कोठे भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै भट्टले यस क्षेत्रको शैक्षिक विकासमा दुर्गालक्ष्मी नमुना माविको भूमिका महत्वपूर्ण रहेको बताए ।

दक्ष जनशक्ति उत्पादनमा पनि दुर्गालक्ष्मीको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले शैक्षिक विकासका लागि गोदावरी नगरपालिका लागि परेको बताए । विद्यालयका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको उनले बताए ।
“नमुना विद्यालय विकास योजना, गुरुयोजना २०७५” अन्तर्गत निर्मित १२ कोठे तीन तले शैक्षिक भवन १ करोड ८४ लाखमा ७४ हजारमा भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले बताए ।
विद्यालय वयवस्थापन समितिका अध्यक्ष गणेश शाहले यो कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।



















