
अत्तरिया – काठ व्यापारीहरुसंगको आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले शनिवार राजीनामा दिएका छन् ।
भाद्र महिनाको एक छलफलमा गरिएको आर्थिक लेनदेन सम्बन्धि कुराकानीको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले शनिवार राजीनामा दिएका हुन् ।

काठ व्यापारीसंगको मिलोमतोमा ढलापडा, सडा काठको टेण्डर र दिगो वन व्यवस्थापनको कार्य विधि बनाउन मोल मोलाई गरिरहेको मन्त्री चौधरीको अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री कमल बहादुर शाहले चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।
टीकापुरमा रहेका मन्त्री चौधरीलाई आज बिहान धनगढीस्थित निवासमा बोलाएर मुख्यमन्त्री शाहले चौधरीलाई राजीनामा दिन निर्देशन दिदै नदिए बर्खास्त गर्ने चेतावनी दिएका थिए ।
मुख्यमन्त्री शाहलाई भेटेर फर्किएपछि चौधरीले पदबाट राजीनामा दिएका हुन् ।















