दुर्गालक्ष्मीमा भोलि देखि हुने स्वर्ण महोत्सको तयारी पूरा, प्रदेश प्रमुखले उद्धघाटन गर्ने

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविले भोलि देखि आयोजना गर्न लागेको स्वर्ण महोत्सवको तयारी पूरा भएको छ ।

चैत्र २७ (भोलि) देखि २९ गतेसम्म चल्ने ५० औं स्वर्ण महोत्सवको तयारी पूरा भएको विद्यालयले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

nisarga

महोत्सव सफल बनाउन विभिन्न समितिहरु बनाएर कामहरु भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले जानकारी दिए ।

प्रभातफेरीसंगै सुरु हुने महोत्सवको बिहान ८ बजे सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले उद्धघाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष शाहले बताएका छन् ।

तीन दिनसम्म विद्यालयले विविध कार्यक्रम गरि स्वर्ण महोत्सव मनाउन थालेको हो । महोत्सव सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग गरिदिन विद्यालयले सबैलाई आग्रह गरेको छ ।