दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको मतगणना सुरु

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको मतगणना ७:४५ बाट सुरु भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को लागि आज मतदान भएको थियो ।

nisarga

दुर्गालक्ष्मीमा नेविसघं र संयुक्त अखिल गरि दुई संगठनबिच प्रतिष्पर्धामा रहेका थिए।

नेविसंघबाट भुवन महरा र संयुक्त अखिलबाट बम बहादुर विक अध्यक्षका उमेदवार रहेका छन् ।

आज बिहान ८ बजे देखि अपराह्र ४ बजे सम्म भएको मतदानमा क्याम्पसमा एक हजार १२८ जना मतदाता रहेकोमा ८३१ मत खसेको छ ।