
अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेपाल विद्यार्थी संघका (नेविसंघ) का भुवन महरा विजयी भएका छन् ।
क्याम्पसमा दोस्रो पटक सभापतिका उमेदवार बनेका महरा महरा प्यानल सहित विजयी भएका हुन् ।

क्याम्पसमा स्ववियु जितेपछि नेविसंघले अत्तरिया क्षेत्रमा विजयी ¥याली निकालेको छ ।
¥याली पछि भएको कोणसभामा बोल्दै सभापति महराले विद्यार्थीको हकहितका लागि निरन्तर खटिने बताएका छन् ।
उनले सबैसंग समन्वय गरेर क्यापसको शिक्षा प्रणाली सुदृढ गर्ने बताएका छन् ।














