कर्मठ शिक्षकको गौरवशाली बिदाइ

Image
maya metro

अत्तरिया – शिक्षण पेशाबाट सेवा निवृत्त भएका कैलालीको गोदावरी- २ मा रहेको दुर्गालक्ष्मी नमूना माविका प्रधानाध्यापक गौरवशाली बिदाइ गरिएको छ । पेशाबाट अनिवार्य अवकासमा गएका जोशीको आइतबार एक समारोहका बिच विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, शिक्षकहरु र विद्यार्थीहरुले जोशीको ११ किलोको मालासहित गौरवशाली बिदाइ गरेका हुन् ।

दुर्गालक्ष्मी नमूना माविको व्यवस्थापन समितिले जोशीलाई शिक्षा सुधारका अभियन्ता भन्दै आएको छ । उनको नेतृत्वमा सो विद्यालयले शैक्षिक, भौतिक तथा व्यवस्थापकीय पक्षमा उल्लेखनीय सुधार गर्दै २०७४ सालमा ’नमुना माध्यमिक विद्यालय’ को मान्यता प्राप्त गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले बताए ।

nisarga

विद्यालयको आर्थिक र प्रशासनिक पक्षमा सुधार ल्याउँदै शैक्षिक गुणस्तर वृद्धि, विद्यार्थी अनुशासन, आन्तरिक तथा बाह्य सह क्रियाकलाप, खेलकुद लगायत सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको उनको भनाई छ । जोशी मिलनसार, शान्त स्वभाव र दूरदृष्टिपूर्ण नेतृत्व रहेको उनले बताए । विद्यालयलाई नेपालकै उत्कृष्ट शिक्षण संस्थामध्ये एक बनाउन तथा एसईई, प्लस टु तथा आठ कक्षामा समेत निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आफ्नो फरक पहिचान बनाई देशभरिका ठुला १०’ विद्यालयको सूचीमा आफूलाई उभ्याउन जोशी सफल भएको शाहले बताए ।

विक्रम सम्वत २०२४ साल जेठ १९ गते डोटीको गाजरी गाविस–१ (हाल पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ ) मा जन्मेका जोशीले शिक्षण सेवाको सुरुवात २०४६ साल पुष १६ गते कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ स्थित ग्वाँसी माध्यमिक विद्यालयबाट गरेका थिए । उत्कृष्ठ क्षमता रहेका जोशीले २०६० सालदेखि प्राचार्यको जिम्मेवारी सम्हालेका थिए भने २०७१ सालदेखि दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयको प्राचार्यका रूपमा कार्यभार सम्हालेका थिए ।

जोशीले विद्यालयको आर्थिक अवस्थामा समेत उल्लेख्य सुधार गर्न सफल भएको अध्यक्ष शाहको भनाई थियो । बिदाइ समोरोहमा भावुक मुद्रामा देखिएका प्रधानाध्यापक जोशीले समाजमा केहि गर्नका लागि मानिसले जन्मलिने भन्दै सँधै सत्मार्गमा लाग्न विद्यार्थीहरुलाई पनि आग्रह गरे । आफ्नो पेशागत जीवनमा सँधै राम्रो बनाउजे प्रयास आफ्नो रहेको भन्दै उनले अप्रत्यक्ष रुपमा विद्यालयको साथमा आफू सँधै रहने बताए ।

बिदाइ समारोहमा बोल्दै आसु थाम्न नसकेका उनले आफूले गरेका कामहरुको मूल्यांकन गर्ने जिम्मा समाजलाई छोडेको बताए । शिक्षा ऐन समेत बनिनसकेको अवस्थामा नेपालको शिक्षा प्रणाली नै गम्भीर मोडमा पुगेको भन्दै जोशीले चिन्ता व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दामोदर रिजालले जोशी कर्मठ, मिहिनेती स्वभावका रहेको बताए ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णराज जोशीले पनि प्रधानाध्यापक जोशी सेवा निवृत्त भएपनि उनको क्षमताको लाभ विद्यालय परिवारले सँधै लिनुपर्ने बताए । व्यवस्थापन समिति अध्यक्षसहितका पदाधिकारी, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितका पूर्व अध्यक्षहरु, शिक्षक कर्मचारी तथा विद्यार्थीहरु भावुक बनेका थिए ।