गोदावरी- १ ले सार्वजनिक गर्यो आगामी आर्थिक वर्षको बजेट

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर –१ ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको छ ।

आज (बिहिबार) वडा कार्यालय परिसरमा नवौँ वडा भेलाको आयोजना गर्दै वडाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ करोड २० लाख ९७ हजार ९९२ रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको हो ।

nisarga

सार्वजनिक गरिएको बजेटमा समानीकरणतर्फ ७० लाख र सुत्रमा आधारीत ५० लाख ९७ हजार ९९२ रुपैयाँ विनियोजन गरिएको छ ।

वडाले पुर्वधार विकास तर्फ ८० लाख रुपीयाँ छुट्याएको छ भने सामाजिक विकास तर्फ १५ लाख ५० हजार र आर्थिक विकासतर्फ १३ लाख ३० हजार रुपीयाँ छुट्याएको छ ।

त्यस्तै वन तथा वातावरणतर्फ १ लाख ५० हजार र सुशासन तथा संस्थागत विकास तर्फ १० लाख ६७ हजार ९९२ रुपीयाँ छुट्याएको छ ।

वडाले टोलटोलमा पुगेर स्थानीय बासिन्दाका सुझाव, माग र आवश्यकताको आधारमा बजेटको खाका तयार पार्नुका साथै योजना छनोट गरिएको वडा अध्यक्ष गोपालदत्त भट्टले बताए ।

नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको नवौं वडा भेलामा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडाबासी लगायत सञ्चाकर्मीहरुको उपस्थिति रहेको थियो ।