
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर –२ ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको छ ।
आज (बिहिबार) राधाकृष्ण मन्दिर परिसरमा आयोजित नवौँ वडा भेलामार्फते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ करोड १७ लाख ७ हजार ७७ रुपीयाँको वार्षिक बजेट वडा सदस्य देवराज भट्टले सार्वजनिक गरेका हुन् ।

जस्मा समानीकरणतर्फ ७० लाख र सुत्रमा आधारीत ४७ लाख ७ हजार ७७ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
वडा नम्बर २ ले पुर्वधार विकास तर्फ ५७ लाख रुपीयाँ छुट्याएको छ भने सामाजिक विकास तर्फ १७ लाख र आर्थिक विकासतर्फ २० लाख रुपीयाँ छुट्याएको छ ।
त्यस्तै विपद् व्यवस्थापनतर्फ १५ लाख र सुशासन तथा अन्य क्षेत्रतर्फ ७ लाख बजेट छुट्याइएको छ ।
नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको नवौं वडा भेलामा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडाबासी लगायत सञ्चाकर्मीहरुको उपस्थिति रहेको थियो ।














