गोदावरी- ३ को बजेट ९५ लाख ९४ हजार

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर – ३ ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको छ ।

आज (शुक्रबार) चौकिडाँडा सामूदायिक वनको कार्यालयको हलमा आयोजित नवौँ वडा भेलामार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ९५ लाख ९४ हजार ८५ रुपीयाँको वार्षिक बजेट वडा अध्यक्ष तेजराज अवस्थीले सार्वजनिक गरेका हुन् ।

nisarga

जस्मा समानीकरणतर्फ ७० लाख र सुत्रमा आधारीत २५ लाख ९४ हजार ८५ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

वडा नम्बर ३ ले पुर्वधार विकास तर्फ ४० लाख ५० हजार रुपीयाँ छुट्याएको छ भने सामाजिक विकास तर्फ ३३ लाख र आर्थिक विकासतर्फ १० लाख ५० हजार रुपीयाँ छुट्याएको छ ।

त्यस्तै वन वातावरणतर्फ ५० हजार र अन्यतर्फ ११ लाख ४४ हजार ८५ रुपीयाँ बजेट छुट्याइएको छ ।

नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको नवौं वडा भेलामा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडाबासी लगायत सञ्चाकर्मीहरुको उपस्थिति रहेको थियो ।