
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर –४ ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार वडा कार्यालय परिसरमा आयोजित नवौँ वडा भेलामार्फते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ करोड १८ लाख १० हजार ७१६ रुपीयाँको वार्षिक बजेट वडा अध्यक्ष हेम प्रकाश मल्लले सार्वजनिक गरेका हुन् ।

जस्मा समानीकरणतर्फ ७० लाख र सुत्रमा आधारीत ४८ लाख १० हजार ७७१६ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
वडा नम्बर ४ ले पुर्वधार विकास तर्फ ६२ लाख रुपीयाँ छुट्याएको छ भने सामाजिक विकास तर्फ २१ लाख र आर्थिक विकासतर्फ १८ लाख रुपीयाँ छुट्याएको छ ।
त्यस्तै वन तथा वातावरण तर्फ ४ लाख र सुशासन तथा अन्य क्षेत्रतर्फ १३ लाख १० हजार ७१६ रुपीयाँ बराबरको बजेट छुट्याइएको छ ।
नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको नवौं वडा भेलामा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडाबासी लगायत सञ्चाकर्मीहरुको उपस्थिति रहेको थियो ।














