
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ को नवौं वडा भेला सम्पन्न भएको छ । शनीबार वडा कार्यालयको हलमा नवौं वडा भेला सम्पन्न भएको हो ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वडाले १ करोड १ लाख ५५ हजार ३७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । वडाको नवौं वडा भेलामा वडा अध्यक्ष सुद्धिराम चौधरीले बजेट सार्वजनिक गरेका हुन् ।

उनका अनुसार बजेटमा गोदावरी नगरपालिकाबाट सिल्लिङ्गमार्फत ७० लाख रुपैयाँ तथा आन्तरिक स्रोतबाट ३२ लाख ५५ हजार ३७ रुपैयाँ जुटाइनेछ।
नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको नवौं वडा भेलामा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडाबासी लगायत सञ्चाकर्मीहरुको उपस्थिति रहेको थियो ।














