
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ को नवौं वडा भेला सम्पन्न भएको छ ।
शनीबार वडा कार्यालय परिसरमा नवौं वडा भेला सम्पन्न भएको हो । आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि वडाले ९२ लाख २१ हजार ४५३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

वडाको नवौं वडा भेलामा वडा अध्यक्ष जग्गुराम चौधरीले बजेट सार्वजनिक गरेका हुन् ।
समानीकरण बजेट ७० लाख र सुत्रमा आधारित बजेट २२ लाख २१ हजार ४५३ गरि ९२ लाख २१ हजार ४५३ रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।
वडाले आर्थिक विकासतर्फ १७ लाख ५० हजार, सामाजिक विकासतर्फ २४ लाख २५ हजार, भौतिक पूर्वाधारतर्फ ४४ लाख ४६ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० हजार र सार्वजनिक सेवा, क्षमता विकास र कार्यालय सञ्चालन तथा व्यवस्थापनतर्फ ५ लाख ५० हजार ४५३ रुपीयाँ विनियोजन गरिएको छ ।















