गोदावरी- ८ को बजेट ९४ लाख २४ हजार

Image
maya metro

अत्तरिया – गोदावरी नगरपालिका वडा नम्बर ८ को आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक भएको छ। मंगलबार वडाद्वारा आयोजित नवौं वडा भेलामा वडा अध्यक्ष गोविन्द चौधरीले आगामी आर्थिक वर्ष ०८२/०८३ को लागि ९४ लाख २४ हजार ८ सय २३ रुपैयाँ बजेट सार्वजनिक गरेका हुन्।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रम अन्तर्गत गोदावरी नगरपालिकाबाट प्राप्त बजेट सिलिङ्ग अनुसार समानीकरण बजेट ७० लाख र सूत्रमा आधारित बजेट २४ लाख २४ हजार ८२३ रहेको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।

nisarga

यस्तै आ व ०८२\०८३ मा सञ्चालन हुने निति तथा कार्यक्रमहरु अन्तर्गत भौतिक पूर्वाधार विकासमा ६१ लाख २४ हजार ८२३, सामाजिक विकास तर्फ १२ लाख,आर्थिक विकास तर्फ १२ लाख, वातावरण तथा विपद् व्यवस्थापन तर्फ २ लाख , सुशासन तथा संस्थागत विकास तर्फ ७ लाख विनियोजन गरिएको चौधरीले जानकारी दिए।

बजेट जनताको आवश्यकता र सुझावका आधारमा विभिन्न शीर्षकमा विभाजन गरी कार्यक्रम सञ्चालन गरिने भएको छ। साथै योजनाहरू पारदर्शी ढंगले कार्यान्वयन गरिने जस अन्तर्गत पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी सिर्जना, शिपमुलक तालिम जस्ता क्षेत्रलाई बजेटको मुख्य आधार बनाइएको जनाएको छ। यस्तै वडाले उपलब्ध सेवाद्वारा वैशाख ३१ गते सम्म १९ लाख १३ हजार २७८ रुपैयाँ बराबरको राजश्व संकलन गरेको जनाएको छ।