
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले वडा भेलाहरु सम्पन्न गरेको छ । जेठ १ गते देखि निरन्तर ६ गते सम्म संचालन भएका नगरपालिका अन्तर्गत १२ वटै वडाहरुमा वडाभेला सम्पन्न भएका हुन् ।
सम्पन्न भएका वडा भेलामा आर्थिक वर्ष २०८१/८२ मा भए गरेका कार्यक्रमहरु र आगामी आर्थिक वर्ष २०८२/०८३ मा हुने निति तथा योजना कार्यक्रमहरु प्रस्तुत गरिएको छ । वडा भेलामा गोदावरी नगरपालिका बाट वडाहरूमा सिलिङ बजेट विनियोजित सार्वजनिक गरिएको छ ।

यस्तै सिलिङ बजेट विनियोजित सार्वजनिक अन्तर्गत आगामी आर्थिक वर्ष २०८२\०८३ मा १ नम्बर वडाको बजेट १ करोड २० लाख ९७ हजार ९ सय २२ रुपैयाँ ८७ पैसा रहेको छ ।
यस्तै २ नम्बर वडाको बजेट १ करोड १७ लाख ७ हजार ७७ रुपैयाँ बजेट विनियोजन गरिएको छ । भने वडा नम्बर ३ को बजेट ९५ लाख ९४ हजार ८५ रुपैयाँ, वडा नम्बर ४ मा १ करोड १८ लाख बजेट रहेको छ ।
यस्तै वडा नम्बर ५ को १ करोड १ लाख ५५ हजार रुपैयाँ, ६ नम्बर वडाको बजेट ९२ लाख २१ हजार ४५३ रुपैयाँ, ७ नम्बर को ८६ लाख १० हजार ७ सय ८० रुपैयाँ, वडा नम्बर ८ को बजेट ९४ लाख २४ हजार ८२३ रुपैयाँ विनियोजन गरिएको छ ।
वडा नम्बर ९ को बजेट ९१ लाख ३४ हजार ५ सय रुपैयाँ, १० को बजेट ९३ लाख ३० हजार रुपैयाँ, वडा नम्बर ११ मा ८६ लाख ५१ हजार रुपैयाँ र वडा नम्बर १२ को बजेट १ करोड २ लाख २६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।














