
अत्तरिया – धनगढीमा संचालनमा रहेको सूचना प्रविधिमा आधारित अग्रणी संस्था बीजी इन्फोटेक्सले आजदेखि काठमाडौंमा पनि शाखा सञ्चालनमा ल्याएको छ । आइटी शिक्षा र डिजिटल सेवामा रोजगारका अवसर सिर्जना गर्ने उद्देश्य राखेको यस संस्थाले काठमाडौको चावहिलमा शाखा संचालनमा ल्याएको हो।
यस संस्थाले वेब विकास, ग्राफिक्स डिजाइन, डिजिटल मार्केटिङ, सोशल मिडिया ह्यान्डलिङ, सफ्टवेयर सेवा र प्राविधिक सीपमूलक तालिमहरू प्रदान गर्दै आइरहेको छ। अब, काठमाडौं र धनगढीका युवाहरूलाई आफ्नै देशमै बसेर आइटी शिक्षा हासिल गर्ने अवसर मिल्नेछ, जसले विदेश पलायनलाई रोक्न मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।

धनगढी शाखामा विशेष रुपमा आइटी सम्बन्धी प्रायोगिक तालिमहरू सञ्चालन हुँदै आएका छन्। साथै, फेसबुक, इन्स्टाग्राम र युट्युब जस्ता सामाजिक सञ्जालको व्यवस्थापनका लागि तालिम र व्यावसायिक अवसरहरू पनि प्रदान गर्ने गरिएको छ ।
बीजी इन्फोटेक्सका निर्देशकले भने, “हामी नेपालका युवालाई विदेश जानु नपरोस् भन्ने चाहना राख्छौं। काठमाडौं र धनगढी दुबै शाखामा आइटी शिक्षा र डिजिटल सेवाको माध्यमबाट रोजगारीको वातावरण सिर्जना गर्दैछौं।”