
अत्तरिया – कैलालीको अत्तरियाका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् ।
उनीहरुले बिहिबार अत्तरियामा विरोध ¥याली निकालेका छन् ।

सुनचाँदी आभुषण व्यवसायी संघ अत्तरियाले विरोध ¥याली निकालेको हो ।
उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलाशिता कर खारेज गर्नुपर्ने, हिराजडित पथ्थरमा लगाइएको १३ प्रतिशत कर खारेज गर्नुपर्ने र उपभोक्त, कर्मचारी, कालीगढ तथा व्यवसायीमैत्री ऐन जारी गर्नुपर्ने माग गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ सुदूरपश्चिम प्रदेशले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीमार्फत जेठ २७ गते नेपाल सरकारलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।














