गोदावरी–१० मा ट्राफिक नियम र फोहोर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१० मा शुक्रबार ट्राफिक नियम र फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, फोहोरमैला व्यवस्थापन समिति गोदावरी नगरपालिकाको आयोजना र जानकी माध्यमिक विद्यालयको सहकार्यमा सम्पन्न गरिएको हो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीयको उपस्थिति थियो ।

nisarga

कार्यक्रमले सवारी नियम पालनाको महत्व, सडक सुरक्षाका उपायहरू र फोहोरमैला व्यवस्थापनका विधिबारे जानकारी दिएको थियो ।

सो अवसरमा वडा नम्बर १० का वडाध्यक्ष रबिन्द्र शाही ‘गुड्डु’ ले ट्राफिक नियमको जानकारी बालबालिकादेखि वृद्धवृद्धासम्म पु¥याउनु आवश्यक रहेको बताए ।

उनले भने, “हाम्रो दैनिक जीवनमा ट्राफिक नियमको पालनाले दुर्घटना न्यूनीकरणमा ठुलो भूमिका खेल्छ । त्यसैगरी, व्यवस्थित फोहोर व्यवस्थापन नगरको सरसफाइसँगै नागरिकको स्वास्थ्यका लागि पनि अनिवार्य छ ।”