
सुदुरपश्चिम प्रदेश सरकारले असार १ गते अर्थात आज बजेट ल्याउँदै छ ।
बजेट प्रस्तुतका लागी आज साँझ ५ बजेको समय दिइएको थियो । तर बैठक २ घण्टा पछि सारिएको प्रदेशसभाबाट सुचना जारी भयो ।

प्रदेशसभा सचिवालयका युवराज जैशीले सरकारबाट अनुरोध भएपछि बैठक २ घण्टा सारिएको बताए ।
अब आजै साँझ ७ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिहं थापाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने छन् ।















