
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले असार ६ गते बजेट ल्याउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट असार ६ गते शुक्रबार ल्याउने नगरपालिकाले जनाएको छ । सो दिन नगरपालिका तथा वडा कार्यालयहरुमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने नगरपालिकाले जनाएको छ ।

शुक्रबार बिहान १० बजे गोदावरी २ तेघरीस्थित पार्टनर प्यालेसको सभा हलमा बजेट प्रस्तुत हुने जनाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार बजेट तथा कार्यक्रम समितिबाट पेस भएका आयोजना तथा कार्यक्रमहरू कार्यपालिकामा विस्तृत रूपमा छलफल गर्नु पर्दछ ।
उपप्रमुख, उपाध्यक्ष वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी वर्षको राजश्व र व्यय(बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार दश गतेभित्र नगर सभामा पेस गर्नु पर्दछ ।
















