
अत्तरिया – धनगढीको नाष्ट कलेजमा रहेको नाष्ट रेडक्रस सर्कलले निशुल्क दन्त परिक्षण शिविरको आयोजना गरेको छ ।
कन्चन डेन्टल क्लिनिकसंगको सहकार्यमा सर्कलले बुधबार कलेजमा उक्त शिविरको आयोजना गरेको हो । उक्त कार्यक्रमको उदघाटन नाष्टका प्रवन्ध निर्देशक शिवहरी शर्मा मुडभरीले गरेका थिए ।

शिविरमा १५० जना विद्यार्थी तथा शिक्षक कर्मचारीले सेवा लिएको जनाइएको छ ।
समयसमयमा विभिन्न कार्यक्रम गर्दै आएको नास्ट रेडक्रसले आगामी असार १३ गते रक्तदान कार्यक्रम आयोजना गर्न लागेको नाष्ट रेडक्रस सर्कलका सभापति नविन पन्तले बताएका छन् ।

















