
अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले आगामी आर्थीक वर्ष २०८२/८३ का लागी १ अर्ब १८ करोड बढीको बजेट पेश गरेको छ ।
शुक्रबार नगर सभाको १५ औं अधिवेशनमा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले १ अर्ब १८ करोड ५४ लाख ५६ हजार रुपैँयाको बजेट प्रस्तुत गरेका हुन् । यो गत आर्थिक वर्षको भन्दा झण्डै ४ करोडले कम हो ।

नगरपालीकाले आर्थीक विकास,सामाजिक विकास,पुर्वाधार विकास क्षेत्र,वन वातावरण तथा व्यवस्थापन र सुशासन तथा सँस्थागत विकास क्षेत्रमा बजेट विनीयोजित गरेको छ ।
नगरसभा जारी रहेको छ । नगर उप प्रमुखको अस्वस्थताका कारण नगर प्रमुखले बजेट भाषण गरिरहेका छन् ।















