दीपेन्द्रले छाडे प्रहरी सेवा

Image
maya metro

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले प्रहरी सेवा छाडेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार दीपेन्द्रले केही महिना अगाडि नै राजीनामा दिएका थिए।

nisarga

दीपेन्द्रको राजीनामा स्वीकृत पनि भइसकेको डिआइजी घिमिरेले बताए। दीपेन्द्र सहायक हवलदारमा कार्यरत थिए। उनले घरायसी कारण देखाएर राजीनामा दिएको बताइएको छ ।

चीनमा सम्पन्न १९औं एसियाली खेलकुद अन्तर्गत ट्वान्टी २० क्रिकेटमा विश्व कीर्तिमान कायम गरेपछि उनलाई प्रहरी जवानबाट सहायक हवलदारमा विशेष बढुवा गरिएको थियो। उनले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरेका थिए।

२०७३ सालमा सेवा प्रवेश गरेको दीपेन्द्र २०८० सालमा बढुवा भएका थिए। त्यसको दुई वर्ष नपुग्दै उनले पुलिसको जागिर छोडेका हुन्।

उनले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका थिए।