धनगढीकी बालिका तेक्वान्दो प्रशिक्षकबाट बलात्कृत

Image
maya metro

धनगढी – धनगढीकी एक बालिका तेक्वान्दो प्रशिक्षकबाट बलात्कृत भएकी छिन् ।

धनगढीकी एक १३ वर्षीया बालिकामाथि त्रिनगर माध्यमकि विद्यालयमा तेक्वान्दो खेल प्रशिक्षकका रुपमा कार्यरत धनगढी उपमहानगरपालिका–४ का पृथ्वीराज घिमिरेले बलात्कार गरेको उजुरी परेको हो ।

nisarga

घिमिरेले १३ वर्षीया बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा उनीविरुद्ध किटानी जाहेरी दर्ता गरेको छ ।

पछिल्लो पटक बालिकालाई घुम्न जाउ भन्दै पुनर्वास नगरपालिकाको आईबीआरडीमा रहेको तेक्वान्दो दोजाङको कार्यालयमै बलात्कार गरेको उजुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले जानकारी दिए ।

उनकाअनुसार जबरजस्तीकरणी शिर्षकमा किटानी जाहेरी परेपछि आरोपीत घिमिरे भने फरार भएका छन् । बालिकाले घिमिरेले आफूमाथि बलात्कार गर्ने गरेको कुरा आमालाई बताएपछि घटना बाहिर आएको प्रहरीको भनाई छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।