गोदावरीको स्वास्थ्य शाखाद्धारा सेभ हाउस र सुप समावेशी विद्यालयलाई पोषण तथा सरसफाई सामग्री हस्तान्तरण

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउस र सुप समावेशी आधारभूत विद्यालयलाई पोषण तथा सरसफाई सामग्री हस्तान्तरण गरेको छ ।

मंगलबार एक कार्यक्रमका बिच नगर प्रमुख विरेन्द्र भट्ट तथा स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले सेभ हाउस र सुप समावेशी आधारभूत विद्यालयलाई पोषण तथा सरसफाई सामग्री हस्तान्तरण गरेका हुन् ।

nisarga

बहुक्षेत्रिय पोषण परियोजना अन्तरगत उक्त सामग्री हस्तान्तरण गरिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताएका छन् । सेभ हाउसकी अध्यक्ष जानकी मलासी र विद्यालयकी प्रधानाध्यापक देवी साउँदलाई १०/१० कट्टा चामल, दाल, तेल, साबुन, ब्रस, मन्जन लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।