साउन महिनालाई धार्मिक दृष्टिकोणबाट नियाल्दा

Image
maya metro

सरिता थापा

साउन महिना हिन्दु धर्मावलम्बी र नेपालीहरूको विशेष महिनाका रूपमा परिचित छ । यस महिनालाई भगवान शिवको उपासना र आरधना गरिने महिनाका रूपमा चिनिन्छ । धार्मिक परम्परा अनुसार भगवान विष्णुले समुन्द्र मन्थनबाट निष्केको विष पिएकोले उनको शान्ति र कृपा प्राप्तिको लागि यस महिना विशेष पूजा आरधाना गर्ने प्रचलन छ ।

nisarga

साउने सोमबारलाई सोमबारे व्रतका रूपमा लिईन्छ । दिभरि व्रत बस्ने र साँझपख शिवलिंगमा जल चढाउने भजनकृतन गरि दिनको समापन गर्ने चलन रहेको पाईन्छ । यस महिनामा महिलाहरू विशेष गरि हरियो रंगको लुगाहरू लगाउने गर्दछन । हरियो रंग समृद्धि, स्वास्थ्य र शुभताको प्रतिक मानिन्छ ।

हरियो लुगा लगाएर महिलाहरू भगवान शिवसँग परिवारको खुसि स्वास्थ्य र सम्वृद्विको कामना सहितको पूजा आरधाना गर्दछन् । यो महिनालाई धार्मिक, सामाजिक र संस्कृतिसँग पनि जोडिएको हुन्छ । हिन्दु धर्म संस्कारसँग जोडिएका सम्पूर्ण महिलाहरूले श्रावण महिनामा हरियो चुरा पोते, मेहन्दि र लुगा लगाउने प्रचलन रहेको छ ।

धार्मिक आस्था, प्रकृतिप्रेम, र सांस्कृतिक परम्परासँग गहिरो सम्बन्धका रूपमा जोडिएका महिलाहरूले परम्परा,सौभाग्यको कामना, र सांस्कृतिक पहिचानको अभिव्यक्ति झल्काएको हुन्छ भन्ने प्रचलनका रूपमा व्याख्या विश्लेषण गर्दै आएको कुरा पनि उल्लेख गरिएको छ ।
यसो हुनुका केही कारण पनि रहेका छन् :

धार्मिक विश्वास

श्रावण महिना भगवान शिवको प्रिय महिना मानिन्छ । यस महिनामा महिलाहरूले व्रत बस्ने, शिवको पूजा गर्ने र हरियो वस्त्र लगाउने चलन छ । हरियो रंगले समर्पण, पवित्रता, र भक्तिभाव दर्शाउँछ भन्ने विश्वास नेपाली समाजमा रहेको छ । सौभाग्य र समृद्धिको प्रतीक हरियो रंगलाई सौभाग्य र समृद्धिको प्रतीक मानिन्छ । विवाहित महिलाहरूले हरियो चुरा, पोते र लुगा लगाएर आफ्ना पतिको दीर्र्घायु तथा सुखमय जीवनको कामना गर्दछन्।

प्रकृति र हरियालीसँग सम्बन्ध

श्रावण महिना वर्षायामसँग सम्बन्धित छ, जहाँ प्रकृति हरियालीले सजिएकको हुन्छ । त्यसैले यस महिनामा हरियो रंगको प्रयोगले प्रकृतिसँगको आत्मियता,सामिप्यता र जीवनशक्तिलाई प्रतिबिम्बित गर्दछ ।

सामाजिक र सांस्कृतिक चलन

समाजमा परम्परागत रूपमा महिलाहरूले यस महिनामा समूहमा भेला भई झूला खेल्ने, गीत गाउने, पूजा गर्ने आदि गर्दछन् । यस्तो समयमा एकरूपताको लागि हरियो पोशाक र पोते, चुरा प्रयोग गरिने प्रचलन बढ्दै आएको पाईन्छ ।

वैज्ञानिक दृष्टिकोणबाट नियाल्दा :

श्रावण महिनालाई वैज्ञानिक दृष्टिकोणले हेर्दा प्राकृतिक, मौसमीय र स्वास्थ्यजन्य पक्षहरू छन्, जसले धार्मिक र परम्परागत अभ्यासहरूलाई पनि वैज्ञानिक अर्थ दिन्छ ।

श्रावण महिनाका धार्मिक अभ्यासहरू केवल आस्थाका आधारमा मात्र नभई मौसम, स्वास्थ्य, र जैविक सन्तुलनसँग सम्बन्धित वैज्ञानिक कारणहरूसँग पनि जोडिएका छन् ।

त्यसैले यस महिनाको अभ्यासलाई परम्परा र विज्ञानको समिश्रणको रूपमा बुझ्न सकिन्छ । यसका केही प्रमुख वैज्ञानिक कारणहरू पनि रहेका छन् ।

१ – मौसमी परिवर्तन र वर्षा ऋतु

श्रावण महिना नेपाली पात्रो अनुसार वर्षा ऋतुको मध्यभागमा पर्र्छ । यस समयमा अत्यधिक वर्षा हुन्छ, जसले गर्दा वातावरण चिसो, नमीयुक्त र कहिलेकाहीं अस्वस्थकर हुन्छ । पानीजन्य रोगजस्तै झाडा–पखाला, टाइफाइड, मलेरिया, डेङ्गु आदि फैलिने सम्भावना बढी हुन्छ । मासु, माछा, दूधजस्ता भारी र दूषित हुन सक्ने खानेकुरा परित्याग गरी शाकाहारी खानेकुरा खानाले पाचन स्वास्थ्य स्वस्थ रहन्छ । व्रत र उपवासले शरीरलाई विश्राम दिन्छभने रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

२ – आयुर्वेद र शरीरको सन्तुलन

आयुर्वेद अनुसार श्रावण महिनामा वात, पित्त र कफ मध्ये वा बढी सक्रिय हुन्छ । तातो र तिखा खानेकुरा कम गरेर शरिरको ताप सन्तुलनमा राख्नु उपयुक्त हुन्छ । हरियो रंगलाई शितलता दिने मानिन्छ, त्यसैले हरियो लुगा, चुरा आदि लगाइन्छ ।

३ – पानी प्रदूषण र जीव संरक्षण

श्रावणमा नदीनाला भरिपूर्ण हुन्छन् र जलचर प्रजनन गर्दछन् ।
हिन्दू धर्ममा जलजन्तु –माछा, कछुवा आदिको हत्या वा मासु खानु वर्जित छ, जुन वैज्ञानिक रूपमा जैविक सन्तुलनको संरक्षणसँग सम्बन्धित मानिन्छ । गाई, साँढे, सर्प आदिको पूजा गर्नु पनि प्रकृति संरण्सँग मेल खान्छ ।
४ – मानसिक स्वास्थ्य र अनुशासन

धार्मिक क्रियाकलाप, व्रत, ध्यान, जप आदि मानसिक सन्तुलन र आत्म–नियन्त्रणमा सहयोग पु¥याउँछन्। वर्षायाममा घरभित्र बढि बस्नुपर्ने भएकाले यस्ता अनुशासित अभ्यासहरूले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव परेको हुन्छ ।

धार्मिक अभ्यासका केही वैज्ञानिक पक्षहरू

धार्मिक अभ्यासहरू केवल आस्थाका विषयहरू मात्र होइनन्, तिनीहरूसँग वैज्ञानिक तथ्य पनि गाँसिएका छन् । यी अभ्यासहरूले शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छन्। यसले धर्म र विज्ञान एकअर्काका पूरक हुन् भन्ने देखाउँछ । त्यसकारण धार्मिक अभ्यासहरूको वैज्ञानिक पक्षहरू प्रस्तुत गरिएको छ

उपवास

धार्मिक पक्षः उपवास आत्मशुद्धि, भगवानप्रति समर्पण र अनुशासनका लागि गरिन्छ ।

वैज्ञानिक पक्षः

शरीरलाई विश्राम दिन्छ, पाचन प्रणालीलाई सुधार गर्छ ।
शरीरमा टक्सिन (विषाक्त पदार्थ) हटाउने कार्य गर्छ ।
समय–समयमा खाना नखाँदा ’इन्सुलिन’ सन्तुलनमा राख्न मदत गर्छ ।

जप, ध्यान र पूजा

धार्मिक पक्ष :

मानसिक शान्ति, भगवानसँग सम्बन्ध जोड्ने माध्यम

वैज्ञानिक पक्ष :

ध्यानले मानसिक तनाव घटाउँछ
सकारात्मक विचार र एकाग्रता बढाउँछ
नियमित जप वा मन्त्र उच्चारणले श्वासप्रश्वास सन्तुलनमा रहन्छ, जसले मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
‘ओम्’ जस्तो ध्वनिले मस्तिष्कमा शान्ति ल्याउने तरङ्गहरू उत्पन्न गर्छ ।