बैतडीका हिमाल भट्टराईले गरे ‘मेरा शिखर’ आरोहण

Image
maya metro

बैतडी – बैतडीका हिमाल भट्टराईले हिमाल आरोहण गरेका छन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ सकारका भट्टराईले ६,४७६ मिटर अग्लो ‘मेरा शिखर’ आरोहरण गरेका हुन्। भट्टराईले असोज १५ गते बिहान १०१२ बजे सफलतापूर्वक हिमाल आरोहरण गरेको बताएका हुन्।

भट्टराईले एकल आरोहीको रुपमा हिमाल आरोहरण गरेका हुन्। गाइड ओन्छु शेर्पाले उनलाई लजिस्टिक तथा सुरक्षाको लागि सहयोग गरेको भट्टराईले बताएका छन्। नेपाल पर्वतारोहण क्षेत्रमा प्राप्त गरेको एक गौरवपूर्ण उपलब्धि साझा गर्न पाउँदा निकै खुशी भएको उनले बताएका छन्।

nisarga

उनले भनेका छन्, ‘यो अभियान मेरो व्यक्तिगत सपना मात्र होइन। सबै नेपाली युवाहरुलाई प्रेरणा दिने सन्देश पनि हो।’ उनले अगाडि थपेका छन्, ‘हामीसँग साहस र दृढ संकल्प भएमा, बैतडी जस्तो टाढाको जिल्लाबाट आएको व्यक्तिले पनि हिमालयको शिखरमा पुग्न सक्छ।’