झिलिमिली बत्ती लगाउँदा करेन्ट लागेर किशोरको मृत्यु

Image
maya metro

पर्साको वीरगन्ज महानगरपालिका–१, छपकैया टोलमा घरमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर १७ वर्षीय किशोरको मृत्यु भएको छ । स्थानीय पियुसकुमार साहको मृत्यु भएको हो ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार, शनिबार (कात्तिक १) साँझ आफ्नो एकतले घरको छतमा झिलिमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको बस्नेतले जानकारी दिए ।

nisarga

साहलाई उपचारका निम्ति वीरगन्जको नारायणी अस्पतालमा पुर्‍याइएको थियो । तर, बाटोमा नै उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । शव परीक्षणका निम्ति नारायणी अस्पतालमा राखिएको छ ।