प्रतिभा सामुदायिक पुस्तकालयको अध्यक्ष र उपाध्यक्षका लागि मतदान जारी

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको नयाँ कार्यसमिति चयनका लागि मतदान जारी रहेको छ ।

निर्वाचन संयोजक देवराज भट्टका अनुसार बिहान ११:४५ सम्म १९५ मत खसेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजेसम्म चल्नेछ ।

nisarga

अन्य पदमा सहमति भएपनी अध्यक्ष र उपाध्यक्षमा सहमति नभएपछि निर्वाचन हुन लागेको हो । अध्यक्षका लागि दिर्घराज भट्ट , भुपेश जोशी,यज्ञराज हमाल र उपाध्यक्षमा नरेन्द्र राज शर्मा र टेकराज भट्ट चुनावी मैदानमा छन् ।

सचिवमा धर्म सिंह कुँवर , कोषाध्यक्षमा जयराज फुलारा र सह – सचिवमा हेमन्तराज जोशी निर्विरोध यस अघि नै चयन भैसकेका छन् ।

त्यस्तै सदस्यहरुमा पनि शेरसिंह खड्का, रामचन्द्र जोशी, तपराज ओझा र खिमादेवी ओझा यस अघि नै चयन भैसकेका छन् । संस्थामा ५६५ जना आजीवन सदस्य रहेका छन् ।