बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

Image
maya metro

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

उनलाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको बिबिसी हिन्दीले जनाएको छ।

nisarga

उनीमाथि गत जुलाई-अगस्टमा भएको विद्रोहको दौरान मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको थियो।

भारतमा निर्वासनमा रहेकै अवस्थामा हसिनाको उपस्थितिबिनै उनीविरुद्ध मुद्दा चलाइएको थियो।

मृत्युदण्डको फैसला सुनाएपछि अदालत बाहिर भेला भएका नागरिकले खुशी मनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

४५३ पन्नाको फैसला न्यायाधीश मोहम्मद गुलामा मुर्तजा मजूमदारले वाचन गरेका थिए। जसको बंगलादेश टेलिभिजनबाट प्रत्यक्ष प्रशारणसमेत गरिएको थियो।

अदालतले तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाएको छ । तत्कालीन प्रहरी प्रमुख अल ममूनलाई ५ वर्षको जेल सजाय सुनाइएको छ ।