२२ वर्षमै प्रधानाध्यापक बने बैतडीका भण्डारी

Image
maya metro

 बैतडी – बैतडीका भरत भण्डारी २२ वर्षको उमेरमा प्रधानाध्यापक बनेका छन् ।

पाटन नगरपालिका–९ का भण्डारी २२ वर्षको उमेरमा पाटन–८ को ज्याफूमा रहेको जनप्रिय आधारभूत विद्यालयको प्रधानाध्यापक बनेका हुन् ।

nisarga

उनी शिक्षण पेशामा प्रवेश गरेको छ महिनामै विद्यालयको नेतृत्वदायी भूमिकामा पुगेका हुन् ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक स्टाफको बैठकले मंसिर ९ गते भण्डारीलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको विद्यालयले जनाएको छ ।
नयाँ जिम्मेवारी पाएका भण्डारीले विद्यालय परिवार, पदाधिकारी तथा अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा साथ, सहयोग र हौसलाको अपेक्षा गरेका छन्।