२२ घण्टापछि सकियो एमालेको मतदान, २ हजार २२७ मत खस्यो

Image
maya metro

काठमाडौँ – नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। बुधबार बिहान ९ बजे शुरु भएको मतदान आज बिहीबार बिहान ७ बजे सकिएको हो।

निर्वाचनमा जम्मा २ हजार २६३ मतदाता रहेकामा २ हजार २२७ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। यो ९८.०४ प्रतिशत हो । ३६ जना अनुपस्थित रहे।

nisarga

मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन भएको एमालेको महाधिवेशन मङ्सिर २८ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र भएको थियो। २८ गते बिहान ७ः३० बजे शुरु हुने भनिएको बन्दसत्र अपराह्न ३ः३० बजे मात्र शुरु भएको थियो ।

नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदानको कार्यतालिका सार्वजनिक गरिए पनि पटकपटक सर्दै मतदान पुस २ गते बिहान ९ बजे शुरु भएको थियो।

अध्यक्ष पदका लागि दुकेपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ।

मतपरिणाम बिहीबार नै सार्वजनिक हुनेछ। आज बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक, प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम राखिएको छ।