
अत्तरिया – बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सोमबार (आज) बिहान १० बजेको समयमा जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका वडा नम्बर- ८ मा म १ ज २२४ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सुर्नयाबाट डडेल्धुरातर्फ जाँदै गरेको जिप सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको र थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।













