गगन थापाको नेतृत्वमा गठित नयाँ कमिटीमा सुदूरपश्चिमबाट ११ जना

Image
maya metro

धनगढी – नेपाली कांग्रेसको गगन थापा नेतृत्वको नयाँ कार्यसमितिमा सुदूरपश्चिमबाट ११ जना अटाएका छन् । विशेष महाधिवेशनपछि गएराति नयाँ कार्यसमिति घोषणा हुँदा सहमहामन्त्रीसहित केन्द्रीय कमिटीमा ११ जना अटाएका हुन् ।

सुदूरपश्चिम १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको गृह प्रदेश हो । नयाँ कार्यसमितिमा बझाङका युवा नेता प्रकाश स्नेही रसाइलीले सह–महामन्त्री (पदाधिकारी) को जिम्मेवारी पाएका छन्।

nisarga

यसैगरी सदस्यहरुमा बझाङबाट जगत जोशी र बाजुराबाट जनक गिरी केन्द्रीय सदस्य बनेका छन् भने डोटीबाट भरत खड्का र कञ्चनपुरबाट सन्तोषी ऐर साउद निर्वाचित भएका छन्।

सबैभन्दा ठूलो सहभागिता कैलाली जिल्लाबाट रहेको छ। कैलालीबाट सुनिता राना, निपा चोखाल, सम्झना केसी, विजय स्वार र हिमबहादुर रावल केन्द्रीय सदस्य बनेका छन्। यस्तै, बैतडीबाट नरेन्द्र भट्टले पनि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका छन्।

नेपाली कांग्रेस कैलालीका उपसभापति भीम बडुवालले नयाँ समीकरणसहित बनेको टिममा सुदूरपश्चिमले सम्मानजनक र शक्तिशाली उपस्थिति जनाएको बताए।