
अत्तरिया – क्रान्तिकारी कम्युनिष्ट पार्टीका कैलाली जिल्ला सदस्य राम बहादुर भाटको १५ औं दिनको पुण्य तिथिमा शोक सभाको आयोजना गरिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी जिल्ला समितिले शोक सभाको आयोजना गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो ।
शोक सभामा पार्टीका जिल्ला इन्चार्ज रुद्र कडेँलले क्रान्तिकारी नेता भाटको योगदान पार्टीमा उच्च रहेको बताए । भाटले पार्टीसंगै किसान र सुकुम्बासीको हकहितका लागि पनि आजीवन लडेको उनले बताए ।

त्यस्तै क्रान्तिकारी किसान महासंघका सुदूरपश्चिम प्रदेश इन्चार्ज टंक कोइरालाले भाटको निधनले क्रान्तिकारी कम्युनिष्ट पार्टीमा ठूलो क्षति पुगेको बताए । भाटको मूल्यांकन पार्टीले सधैँ गर्ने उनले बताए ।
कैलालीको गोादावरी नगरपालिका वडा नम्बर-७ मा बसोबास गर्दै आएका थिए । क्रान्तिकारी किसान महासंघका केन्द्रिय सदस्य समेत रहेका भाटको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा गत भदौ १० गते ६७ वर्षको उमेरमा निधन भएको हो ।
करिब दुई दशकभन्दा लामो समयदेखि क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा सक्रिय भाट देशलाई वैज्ञानिक समाजवादमा रूपान्तरण गर्ने अभियानमा निरन्तर संघर्षरत रहेको पार्टीले जनाएको छ ।















