नेपाल सीएमए संघ र सेवा इन्टरनेशनल नेपालद्धारा बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सुरु

Image
maya metro

अत्तरिया – नेपाल सीएमए संघ र सेवा इन्टरनेशनल नेपालले सामूहिकरुपमा बाढी प्रभावित क्षेत्र रसुवामा निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ ।

रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि शुक्रबार आजदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको सीएमए संघका संरक्षण समितिका संयोजक गणेश जिमी साउँदले जानकारी दिएका छन् ।

nisarga

नेपाल सीएमए संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्याय, कार्यवाहक महासचिव ईश्वर चापागाईं तथा रुपन्देही सीएमए संघका अध्यक्ष शशिकान्त उपाध्याय सहितको टोलीले प्रभावित क्षेत्रका विभिन्न स्थानमा रोटेसन समूह परिचालन गरी नियमित रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने भएका हुन् ।

स्वास्थ्य शिविरका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन र सहजीकरणमा हिन्दू स्वयंसेवक संघ नेपालले समेत सहयोग गरेको छ ।

विपद्को समयमा निजी क्षेत्रको यस सहकार्यले प्रभावित नागरिकहरूलाई समयमै आवश्यक स्वास्थ्य सेवा र औषधि उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।