कैलाली क्षेत्र नम्बर- ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर- १ को कार्यालय नजिकै रहेको कृषि तथा पशुपन्छि सेवा केन्द्रको कार्यालयमा स्थापना  गरिएको  निर्वाचन कार्यालयको निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले उद्घाटन गरेका हुन् ।

nisarga

आगामी फागुन २१ ग्ते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि माघ ६ गते उमेदवारी मनोनयन हुँदै छ ।

सोहि प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका रहेको थियो ।