
अत्तरिया – कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
कञ्चनपुरको कृष्णपुर- ५ गुलरियामा रहेको सेती महाकाली कापी उद्योगले सेभ हाउसलाई कापी, कलमसहितका शैक्षिक सामग्री सहयोग गरेको हो ।

गोदावरी- ८ स्थित स्याउले बजार, बजार व्यवस्थापन समितिको अगुवाइमा कञ्चनपुरको उद्योगका सञ्चालक अर्जुन ठकुराठीले सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई शैक्षीक सामग्री हस्तान्तरण गरेका हुन् ।
शनीबार बजार व्यवस्थापन समितिद्धारा स्याउलेमा आयोजित उत्तरायण कार्यक्रममा शैक्षीक सामग्री हस्तान्तरण गर्दै सञ्चालक ठकुराठीले सामाजिक दायित्व पनि पुरा गर्नुपर्ने सोचका साथ शैक्षिक सामग्री सहयोग गरेको बताएका थिए ।
















