
अत्तरिया – फागुन २१ ग्ते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीमा राजनितिक दलहरु तिव्ररुपमा जुटेका छन् ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर- ४ ले पनि आज रणनिति केन्द्रित वैठकको आयोजना गरेको छ ।

आज मध्यान्ह साढे १२ बजे गोदावरी- २ तेघरीस्थित पार्टनर प्यालेसमा पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन तथा निर्वाचन व्यवस्थापन रणनिति केन्द्रित बृहत संयुक्त वैठकको आयोजना गरिएको पार्टीका क्षेत्रीय सभापति बसन्त रोकाया (ललित)ले बताएका छन् ।
वैठकमा उपस्थितिका लागि रोकायाले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्यहरु, क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, पालिका कार्यसमिति, वडा कार्यसमिति, भातृ तथा शुभेच्छुक र क्रियाशील सदस्यहरुलाई आग्रह गरेका छन् ।
कांग्रेसले क्षेत्र नम्बर ४ मा कांग्रेसबाट गोरख बहादुर विष्ट (आनन्द) उम्मेदवार रहेका छन् ।













