बस दुर्घटनामा १३ जनाको मृत्यु भएपछि पुर्चौडी नगरपालिकामा शोक बिदा

Image
maya metro

बैतडी – बैतडीमा १३ जनाको ज्यान जाने गरी भएको दुर्घटनापछि शुक्रवार बैतडीको पुर्चौडी नगरपालिकाले शोक बिदा दिएको छ । बस दुर्घटनाबारे दुःख व्यक्त गर्दै नगरपालिकाले एक सूचना जारी गरेर शोक बिदा दिएको हो ।

जारी सूचनामा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरू एक दिन बन्द गर्ने उल्लेख छ ।

nisarga

बिहीबार राति ८ बजे पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो । पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा ठुलो क्षति भएको छ ।