कैलालीमा जंगलभित्र एक युवतीकाे शव फेला

Image
maya metro

अत्तरिया – कैलालीकाे माेहन्याल गाउँपालिका- १ काे तल्लाेपानीमा जंगलभित्र एक युवतीकाे शव फेला परेकाे छ ।

नवप्रगतशिल सामुदायिक जंगलमा शनिबार दिउँसो अन्दाजी २७ वर्षीया युवतीकाे शव भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले जानकारी दिए ।

nisarga

उनकाअनुसार शवकाे पहिचान भने खुल्न सकेकाे छैन् । युवतीकाे मुख जलाएकाे अवस्थामा शव भेटिएकोले पहिचान गर्न समस्या भइरहेको छ ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशदत्त अवस्थी नेतृत्वको टाेली तालिमप्राप्त कुकुरसहित खटिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट समेत अनुसन्धानका लागि विशेष टाेली परिचालन गरिएकाे एसपी चन्दले बताएका छन् ।