कैलाली–४ का कांग्रेस उमेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता पत्र

Image
maya metro

अत्तरिया – प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर- ४ बाट नेपाली कांग्रेसका उमेदवार गोरख बहादुर विष्ट (आनन्द) ले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

गोदावरी-२ को दुर्गालक्ष्मी बहुमुखि क्याम्पसलाई आइटी कलेज बनाउने, प्रत्येक वडामा निशुल्क वाइफाइ जोनदेखि भूमिहीनलाई लालपुर्जा वितरण गर्नेसम्मका योजना राखेर उनले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

nisarga

आइतबार अत्तरियामा आयोजित कार्यक्रममा विष्टले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्। कृषि, पशुपालन तथा सहकारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, महिला,दलित, आदीवासी जनजाती तथा पछाडी पारिएका समुदाय , समावेशिता, उद्योग,लगानी र निजि क्षेत्र, वातावरण संरक्षण र दिगो विकासका साथै युवा तथा स्वरोजगार र विविध गरी १० वटा बुँदा समेटेर प्रतिबद्धता सार्वजनिक गरिएको छ ।