गौरीगंगा- ११ मा कांग्रेस र नेकपा परित्याग गरी एमाले प्रवेश

Image
maya metro

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका-११ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूले देशको स्वाधीनता, स्थायित्व र विकासका सवालमा स्पष्ट अडानका साथ आफ्ना विचारलाई केन्द्रमा राखेर निर्णय गर्न सक्ने क्षमता एमालेसँग भएकाले पार्टी रोजेको बताएका छन्।

nisarga

एमाले प्रवेश गर्नेहरूमा सानू चौधरी, गोरख धामी, मोतिलाल बोहरा र मानबहादुर चौधरी रहेका छन्। उनीहरूलाई एमालेका केन्द्रीय उपमहासचिव तथा कैलाली क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लेखराज भट्ट ले खादामाला लगाएर पार्टीमा स्वागत गरेका थिए।

स्वागत कार्यक्रममा बोल्दै नेता भट्टले राष्ट्रहित, समृद्धि र सुशासनका लागि एमाले सधैं अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै पार्टीलाई अझ सुदृढ बनाउन सबैको साथ आवश्यक रहेको बताए।

उनले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र सामाजिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।