गौरीगंगामा नेकपाका १४ जना एमालेमा प्रवेश

Image
maya metro

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका-६ कठौतीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी १४ जना एमालेमा प्रवेश गरेका छन् । मंगलबार एक कार्यक्रमका विच तत्कालीन नेकपा (माओवादी) हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी १४ जना नेकपा (एमाले)मा प्रवेश गरेका हुन् ।

उनिहरुलाई नेकपा (एमाले)का उपमहासचिव एवम् कैलाली क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखराज भट्टले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

nisarga

प्रवेश गर्नेहरुमा चन्द्र सिं नेपाली, जोगी कामी, धौली नेपाली, जगु नेपाली, देवी नेपाली, माता नेपाली, धना नेपाली, भागा कामी, दुर्गा कामी, माया कामी, टिका कामी, शेर बहादुर कामी, मान बहादुर कामी, रुपा कामी लगायत रहेका एमाले क्षेत्र नम्बर ४ निर्वाचन मूल परिचालन समितिका सचिव गणेश जिमि साउँदले बताएका छन् ।

उनका अनुसार उनिहरु पुख्र्याैली घर डोटीको पुवीचौकी गाउँपालिका-७ सलेना भई हाल कैलालीको गौरीगंगा नगरपालिका-६ कठौतीमा बसोबास गर्दै आएका छन् ।

चन्द्र सिं नेपाली तत्कालीन नेकपा (माओवादी) पार्टीका पुर्व पुर्वीचौकी गाउँपालिका अध्यक्ष तथा २०७४ का वडाध्यक्ष उम्मेदवार हुन भने जोगी कामी पनि पार्टिका पुर्व गाउँपालिका अध्यक्ष (गाजस) रहेका साउँदले बताए ।