मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

Image
maya metro

धनगढी – कैलालीमा १२६ जना मतदाता शिक्षा स्वयंसेवक कार्यक्षेत्रमा खटिएका छन् । मत खसाल्ने सही तरिका सिकाउन उनीहरू वडा र टोलमा खटिएका हुन् ।

कैलालीका १३ स्थानीय तहमा १२६ वटा वडा छन् । प्रत्येक वडामा एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक खटाइएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जानकारी दिएको छ । सो कार्यालयका अनुसार फागुन १७ सम्म मतदाता शिक्षा कार्यक्रम चल्ने छ ।

nisarga

मतदाता शिक्षा स्वयंसेवकले लक्ष्य निर्धारण गरेर घर घरमा गई सही तरिकाले मत खसाल्ने तरिकाबारे मतदातालाई सिकाउने काम गरिरहेका छन् । उनीहरूले मत सदर हुने, बदर हुने अवस्थाबारे जानकारी दिनुका साथै सही तरिकाले मतदान गर्न मतदातालाई सिकाउने कार्य गरिरहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए ।

उनका अनुसार मतदातालाई सही तरिकाले मत खसाल्ने तरिका सिकाउन स्वयंसेवकहरू नमुना मतपत्रका साथ कार्यक्षेत्रमा खटिएका छन् । उनले भने, “एक वडामा एक जना स्वयंसेवकले मतदाता शिक्षा कार्यव्रmम गरिरहेका छन् ।” मतदाता शिक्षा कार्यव्रmमका लागि महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालकलगायतमा कार्यरत महिलालाई छनोट गरिएको छ ।

प्रदेशमा सबैभन्दा बढी पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा ११ अन्य, दुई लाख ८० हजार २४३ महिला र दुई लाख ७९ हजार ७९८ पुरुष गरी पाँच लाख ५१ हजार ५२ मतदाता छन् ।

मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका मतदाता शिक्षा स्वयंसेवकलाई अनुगमन गर्नका लागि प्रत्येक पालिकामा अधिकृतस्तरको एक÷एक जना अनुगमनकर्ता (सम्पर्क व्यक्ति) तोकिएको छ । स्वयंसेवकलाई उनीहरूले परिचालन गरिरहेका छन् ।