रास्वपा कैलाली-४ का उम्मेदवार कोइरालाले सार्वजनिक गरे चुनावी वाचापत्र

Image
maya metro

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली क्षेत्र नम्बर- ४ का उम्मेदवार खेमराज कोइरालाले चुनावी वाचापत्र सार्वजनिक गरेका छन् । कोइरालाले आज एक कार्यक्रमको आयोजना गर्दै चुनावी वाचापत्र सार्वजनिक गरेका हुन्।

कोइरालाले मेरो दृष्टी र राजनितिक प्रतिवद्धता, संघिय संसदमा मेरो भूमिका, क्षेत्रिय निर्वाचन क्षेत्रका प्राथमिक आवश्यकतालाई राष्ट्रिय निति र बजेटमा समेट्न पहल, सरकारका निति, कार्यक्रम र खर्चको प्रभावकारी संसदीय निगरानी र नितिगत सुधार र रणनिति भन्ने बुदाहरु ऋाफ्नो वाचापत्रमा समेटेका छन्।

nisarga

त्यस्तै भूमिहिन र सुकुम्बासी समस्या, रोजगारी र आर्थिक अवसर, कृषि, वन तथा चुरे संरक्षण र पर्यावरण संरक्षण गर्ने वाचा गरेका छन्।

त्यस्तै उनले स्वास्थ्य, खानेपानी र सरसफाई, सडक तथा भौतिक पूर्वाधार, सुशासन र प्रतिवद्धता, नागरिक सहभागिता, नैतिक राजनिति र जवाफदेहिता, खेलकुदलाई प्राथमिकतामा राखेर वाचापत्र सार्वजनिक गरेका हुन् ।