
अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ का स्वतन्त्र उम्मेदवार छत्र भट्टले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
आज अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

भट्टले स्वास्थ्य, उद्योग रोजगारी, शिक्षा खेलकुद, पर्यटन र पूर्वाधार गरी ५ वटा बुँदामा प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
भट्टले यस क्षेत्रमा रोजगार सेवाकेन्द्रको स्थापना गरी एक घर एक रोजगारीको लागि पहल गर्नेदेखि अत्तरिया धनगढी ६ लेन सडकमा १२ वटा आकाशे पुल बनाउनेसम्मका महत्वकांक्षी योजना अघि सारेका छन् ।
उनले २०८४ मा गोदावरी धाममा लाग्ने महाकुम्भमा भारतबाट ५ करोड श्रद्धालु भित्र्याउने लक्ष्य रहेको बताएका छन् ।
त्यस्तै कैलाली ४ का १ लाख नागरिकलाई सन् २०२७ मा भारतको नासिक सहरको त्रम्बकेश्वर जोतिरलिंग मन्दिरमा लाग्ने महाकुम्भमा निशुल्क दर्शन गराउने घोषणा गरेका छन् ।
यसका लागि आफ्नो सचिवालयमा आजैदेखि सम्पर्क राख्न पनि उनले आह्वान गरेका छन् ।















