नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रास्वपा प्रवेश

Image
maya metro

धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट उम्मेदवारी दिएका जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

‘जाँतो’ चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा होमिएका चौधरी निर्वाचनको ९ दिनअघि रास्वपामा समाहित भएका हुन् ।

nisarga

उनलाई रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारू, सोही क्षेत्रका रास्वपा उम्मेदवार आनन्दबहादुर चन्द तथा हरि रेग्मीलगायत नेताहरूले औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् । रेशम चौधरी संरक्षक रहेको नाउपाले कैलालीका पाँच वटै क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको थियो ।

थारू समुदायका मुद्दा र सरोकारका विषयमा रास्वपाले उठाएका एजेन्डाहरू चित्त बुझेका कारण चौधरी उक्त पार्टीमा आबद्ध भएका केन्द्रीय सदस्य लक्ष्मण थारूले बताएका छन् ।

पार्टी परिवर्तन गरे पनि कानुनी र प्राविधिक रूपमा चौधरीको उम्मेदवारी भने कायमै रहनेछ ।